टोखा नगरपालिका भित्रका सबै विद्यालय वैशाख ९ देखि बन्द हुने

शिक्षा/स्वास्थ्य स्थानीय

टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ ।

वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख ९ देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *