तनहुँमा पहिरोमा पुरिएर २ मजदुरको मृत्यु

राष्ट्रिय

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार साँझ मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा  माथिबाट माटोको ढिस्को खसेर उनीहरू गम्भीर घाइते भएका थिए । भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

ढिस्काले पुरिएका अर्का घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *