तय भयो नेपाल पत्रकार महासंघको निर्वाचन मिती

राष्ट्रिय

नेपाल पत्रकार  महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ। महासंघको केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन एकै दिन गर्ने निर्णय गरेको हो । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ ।

निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने बताइएको छ ।

निर्वाचन समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेको महासंघले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *