तारकेश्वरका दुई विद्यालयलाई सासंद योगेन्द्र संग्रौलाद्धारा शैक्षीक सामाग्री बितरण

स्थानीय

तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित साङ्ला बालकुमारी मा.बि र कुन्चिप्वाकल मा.बि.का बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गरिएको छ ।

बिहिबार एक कार्यक्रम बिच प्रदेश सभा सासंद योगेन्द्र संग्रौलाद्धारा बालकुमारी मा.बि. र कुन्चिप्वाकल मा.बि.का ५०- ५० जना बिद्यार्थी  गरि जम्मा १०० जनालाई ज्याकेट , कपडा , जुत्ता ,स्टेशनरी सामाग्री , झोला ,खेलकुद लगायतका सामाग्रीहरु बितरण गरिएको हो ।                                   

दुई विद्यालयबाट गरिव , बिपन्न तथा जेहेन्दार बिद्यार्थी छनोट गरि सो सामाग्री बितरण गरिएको बालकुमारी मा.बि का प्र.अ.टिकाराम भट्टले बताउनुभयो ।

दौतरी नेपालको सहयोगमा सम्मान सो कार्यक्रममा प्रदेश सांसद योगेन्द्र संग्रौला सहित , वडा १ का अध्यक्ष बिदुर सापकोटा , बालकुमारी मा.बि. बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकुन्द तिमिल्सना , दौतरी नेपालका अध्यक्ष सम्पन्न स्थापित ,कुन्चिप्वाकल मा.बि.का प्र.अ. राजु नेपाल, दुबै  बिद्यालयका शिक्षक तथा अभिभावकको उपस्थीती रहेको थियो ।                                                                   

साङ्ला बालकुमारी मा. बि.का प्र.अ. टिकाराम भट्टको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन शिक्षक रामबाबु फुँयालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *