तारकेश्वर नगरपालिकाको नवौं नगर सभा सुरु-१ अर्व ८४ करोड १२ लाख बजेट बिनियोजन

स्थानीय

तारकेश्वर नगरपालिकाको नवौं नगर सभा संचालन भइरहेको छ । नगरपालिकाको सभा हलमा शुरु भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर प्रमुख रामेश्वर बोहराले संक्षिप्त नीति कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने नगर उपप्रमुख भवानी डोटेल धितालले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७८/७९ का लागि तारकेश्वर नगरपालिकाले १ अर्व ८४ करोड १२ लाख १८ हजारको बजेट विनियोजन गरेको छ । त्यस्तै चालु खर्चमा ७० करोड ४७ लाख २१ हजार अर्थात् कुल बजेटको ३८.२७ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ १ अर्व १३ करोड ६४ लाख ९७ हजार बजेट विनियोजन गरेको छ । राजश्व बाँडफाँडबाट ५३ करोड १२ लाख ४२ हजार रकम संकलन गरिने बुझिएको छ । त्यस्तै आन्तरिक आम्दानीबाट रु. २१ करोड ७० लाख ७५ हजार खर्च गरिने बुझिएको छ । नेपाल सरकारबाट समानीकरण अनुदानतर्फ २२ करोड ५९ लाख र सर्शत विशेष तथा समपुरक अनुदान तर्फ रु. ३३ करोड १२ लाख, प्रदेश सरकारबाट अनुदानतर्फ २ करोड ५१ हजार, र्शत विशेष तथा समपुरक अनुदानतर्फ ५ करोड २६ लाख ५३ हजार र अन्इ स्थानीय तहबाट सहयोग रु. ५ करोड र विशेष कोषबाट १२ करोड ३१ लाख १७ हजार र नगद जनसहभागिताबाट ४ करोड र अन्य आयबाट २४ करोड ९९ लाख ८० हजार गरी कुल १ अर्व ८४ करोड १२ लाख १८ हजार जुटाइने नगरपालिकाको लक्ष्य रहेको छ ।

बागमती प्रदेश सांसद् प्रकाश श्रेष्ठ प्रमुख आतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *