बाँध फुटेको हल्लाले मेलम्ची बासीमा थप सन्त्रास

राष्ट्रिय

हेलम्बु क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको ड्याम फुटेर लेदोसहितको बाढी आएको हल्ला फैलिएपछि मेलम्ची क्षेत्रमा थप सन्त्रासको अवस्था आएको छ ।

बिहीबार मध्याह्नपछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा प्राकृतिक रुपमा बनेको ड्याम फुटेको हल्ला फैलिएको हो।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले ड्याम फुटेको बारे यकिन जानकारी नरहेको र हल्ला फैलिएपछि आफूहरु वास्तविकता पत्ता लगाउने प्रयासमा रहेको बताएका छन्।

मानिसहरुलाई बजार क्षेत्रमा प्रवेश गर्न सुरक्षाकर्मीले रोक लगाएका छन्। यस्तै जोखिममा रहेका घरबाट सामान सार्न स्थानीयलाई सुरक्षाकर्मीले सहयोग पनि गरिरहेका छन्।

मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीका कारण मेलम्ची बजार क्षतिग्रस्त भएको छ।