तारकेश्वर नगरपालिकामा पनि कोरोना संक्रमणबाट पहिलो मृत्यु

स्थानीय

तारकेश्वर नगरपालिकामा पनि कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं ११ नेपालटार बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बिहीवार किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ती व्यक्तिलाई भदौ ९ गने कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै तारकेश्वर नगरपालिकामा हालसम्म जम्मा ७७ जनामा कोरोना संक्रमण देखिएकोमा ५९ जना सक्रिय संक्रमित रहेका छन् भने १६ जन उपचार पछी निको भएका छन । नेपालटारका व्यक्तिले ज्यान गुमाएसँगै नगरमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *