तारकेश्वर स्काउट क्रयुको तालीम क्याम्प जर्सिङ्पौवामा सम्पन्न

शिक्षा/स्वास्थ्य स्थानीय

स्थापना दिवसको अवसर पारेर तारकेश्वर स्काउट क्रयुको तालिम क्याम्प सम्पन्न गरिएको छ ।

क्रयु स्थापनाको दोस्रो वर्ष पुगेको अवसर पारि यहि श्रावण ५ र ६ गते एक रात दुई दिने तालीम क्याम्प काठमाडौको जर्सिङ्पौवामा संचालन गरिएको हो । उक्त तालीम क्याम्पमा तारकेश्वर स्काउट क्रयुका १६ जना रोभर तथा रेन्जर स्काउटहरुको सहभागीता रहेको थियो ।

रोभर/रेन्जरहरूको शारीरिक, बौद्धिक, सामाजिक एवम् संवेगात्मक पक्षहरूको विकास गर्न मद्दत गर्नुका साथै उनीहरूमा रहेको क्षमता प्रस्फुटन गर्न यो तालिम क्याम्प संचालन गरिएको क्याम्प प्रमुख तथा राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले जानकारी गराउनु भयो । प्रत्येक स्थानीय तहले आफ्नो छुट्टै क्रयु संचालन गर्नु पर्ने अवधारणा अनुरुप स्थानीय स्काउट कार्यालय तारकेश्वरले यो तारकेश्वर स्काउट क्रयु २०७८ श्रावण ५ गते बाट संचालन गरिएको स्मरण गराउदै स्थानीय संयोजक बस्नेतले यो क्रयु पालिकाकै विशेष स्काउट क्रयु रहने विश्वास व्यक्त गर्नु भयो ।

सहायक राष्ट्रिय प्रशिक्षक समीर गुरुङले स्काउटका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई निकै सरल तवरले प्रवाह गरिरहँदा रोभर / रेन्जरहरु मन्त्रमग्न देखिन्थे भने स्काउटर कुमार तामाङले सिकाउनु भएको प्रयोगात्मक कला कौशललाई तुरुन्त व्यवहारमा उतारेका थिए । त्यस्तै स्काउटर श्रीकृष्ण ढकाल र विजय अधिकारीबाट जीवन-दर्शन र नितिगत ज्ञान पाउदा सहभागीहरु निकै उत्साहित देखिन्थे । स्काउटर द्वय उद्धव फुयाँल र जनार्दन अर्यालको साथ क्याम्पमा पाउँदा उनिहरुमा थप हौसला मिलेको थियो ।

तालीमको दौरानमा पाएको ज्ञानबाट सामाजिक उत्तरदायित्व बोध गर्दै सहभागी रोभर /रेन्जरहरु जर्सिङ्पौवामा अवस्थित जे.पी. प्रतिष्ठान मैत्रीसेवाश्रममा ज्येष्ठ नागरीकहरुको सेवामा समेत सरिक भएका थिए । त्यहाँ रहनु भएका ज्येष्ठ नागरीकहरुको सेवा संगै आश्रमको सरसफाइ समेत गरिएको थियो ।

तालिममा सहभागी रोभर प्रसुन दवाडीले क्याम्पमा सिकेका सैद्धान्तिक ज्ञान,जिवन उपयोगी सीपले आफ्नो जीवनमा सकारात्मक परिवर्तनको आभाष भएको र काँधमा थप जिम्मेवारी बोध भएकोले सधैं स्काउटको सिद्धान्तलाई आत्मसाथ गरि समाज विकासको अभियानमा लागिरहने बताउनु भयो ।

सो अवसरमा विभिन्न परिक्षाका साथै आफैले आफु संग लिने स्व.परीक्षामा समेत सक्षम भएपछी सहभागीहरुलाई दीक्षा दिनुको साथै रोभर/रेन्जर व्यायज र इपुलेट अलंकार समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *