तारकेश्वर ३ मा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

राष्ट्रिय स्थानीय

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं.३ चोगाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङको मृत्यु भएको हो ।

पहिराेमा परी बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती सञ्जु तामाङ  घाइते भएकी छिन । उनको खुट्टामा चोट लागेकाले त्रि.वि शिक्षण अस्पतालमा उपचार जारी छ ।

घरमा संगै रहेका छोरा भने सकुशल रहेको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *