तारकेश्वोर नगरपालिकाको निति,कार्यक्रम तथा बजेट सार्वजनिक

स्थानीय

तारकेश्वर नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनीक गरेको छ ।

मेयर कृष्णहरी महर्जनले नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा आगामी आर्थिक  बर्षका लागि २ अर्ब ६ करोड ४६ लाख १४ हजार रुपयाँको बजेट प्रस्तुत गर्नुभयो । जस अनुसार पुँजीगत तर्फ १ अर्ब ३८ करोड ७६ लाख ५८ हजार र चालु तर्फ ६७ करोड ६९ लाख ५६ हजार बजेट बिनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०७९/८० मा सम्पत्ती करमा ६.०६ प्रतिशतले कम लिइने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै अध्ययनका लागी बिदेश जाने विद्यार्थीहरुले आम्दानी प्रमाणीत गर्नका बखत तिर्दै आएको १० प्रतिशत घरबहाल करलाई घटाएर १ प्रतिशत मात्र कायम गरिएको छ । स्थानीय कर र सेवा शुल्क दस्तुर लगायतका करहरुको दायरा बढाई आगामी आर्थिक बर्ष देखि आन्तरिक राजश्व बृद्धि गर्ने नीति अबलम्बन गरीने छ । सो कर र सेवा शुल्क लिने क्रममा सर्वसाधारण जनतालाई प्रत्यक्ष प्रभाब पार्ने करको दर घटाइ छुट दिइने उल्लेख छ ।

नगर साझेदारी कार्यक्रम अन्तर्गत ५०/५० को साझेदारी भएकोमा आगामी आर्थीक बर्ष देखि ६०/४० को साझेदारी कार्यक्रम लागु गरिने छ । नगरवासी श्रमिकहरुमा निशुल्क बीमा लागु गरिने तथा नगरभित्रका सुचिकृत बेरोजगार व्यक्तिहरुलाई उपभोक्ता समितिको काममा समावेश गरिने नगरपालिकाको योजना छ ।

यस्ता छन नगरका केहि कार्यक्रम

१.आगामी ५ बर्ष भित्र नगरपालिकाका सवै वडालाई समेटने गरी एउटा तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने, तारकेश्वर नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनको लागि कृषि बिक्री केन्द्रको स्थापना संगै पशु तथा कृषि बीमाको कार्यक्रमलाई अगाडी बढाइने ।

२.नगरपालिका भित्र साहित्यिक प्रतिस्ठान स्थापना गरि कला र साहित्यको बिकास गरिने, सवै जातजाती र समुदायहरुका बिभिन्न भाषा, लिपि, साहित्य, संपगीत, कलाको संरक्षण र विकास गर्न जोड दिइने छ र नगर क्षेत्र भित्र होमस्टे प्रबर्द्धनमा आवश्यक सहयोग गर्ने नीति अबलम्बन गरिने।

३.नगरबासीहरुलाई विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन एउटा सुविधा सम्पन्न तारकेश्वर नगर अस्पताल स्थापना गर्ने, प्रजनन स्वास्थ्य सेवालाई प्राथमीकतामा राखी स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रीनिङ कार्यक्रम सञ्चालन गरिने।

४.नगर भित्रको सामुदायीक बिद्यालयलाई अगुवा विद्यालयको रुपमा बिकास गराउने तथा नगरपालीका भित्रको ग्रामीण आर्दश क्याम्पसलाई शैक्षिक तथा प्राज्ञिक केन्द्रको रुपमा विकास गर्ने

५. दरबन्दी नभएका विद्यालयहरुलाई एकमुष्ट अनुदान दिने, मेडिकल, इन्जीनियरीङ र कृषि प्राविधिक बिषय अध्ययन गर्न प्रत्यक बर्ष कम्तीमा ३ जना नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति उपलव्ध गराइने

६. विद्यार्थीको असल चरित्रको निर्माणका लागि नैतिक शिक्षाको प्रबर्द्धन गर्ने ।

७.बैंक सम्म जान नसक्नेहरुको लागि घर दैलोमानै बृद्ध भत्ता पुर्याउने व्यवस्था गरिने ।

.हिंसा मुक्त नगरपालिका, जेष्ठ नागरीक मैत्री नगरपालिका, बालमैत्री नगर घोषणा, सेवा बाट निबृत्त भएकाहरुको निबृत्त क्लब स्थापना गरिने ।

९.नगरपालिका भित्रका सार्वजनीक जग्गाहरुको तारवार लगाएर संरक्षण गरिने तथा पार्क र खुल्ला मैदान निर्माण गरिने, सडकका छेउछेउमा जडिबुटी तथा फलफुलको बिरुवा लगाइने।

१०.आफनो वडा क्षेत्र भित्रको सरसफाइलाई वडा कार्यालयलाई परिचालन गर्ने प्रकृयाको थालनी गर्ने, तारकेश्वर नगरवासीहरुको डिजिटल प्रोफाइल तथा तारकेश्वर एप बनाई नगरपालिकाको सेवा सुविधा दिइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *