दक्षिण अफ्रिकी एक महिलाबाट एकै पटक १० शिशुको जन्म

अन्तर्राष्ट्रीय विचित्र संसार समाचार

दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् ।

यो अहिलेसम्मकै विश्व किर्तिमान हो । यस अघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो । उनले गर्भमा बच्चा रहँदा निकै सास्ती पाएको जनाएकी छिन् । कति रात निदाउन नसकेको उनले बताएकी छिन् । यस अघि उनको गर्भमा ८ वटा शिशु रहेको भनिएको थियो ।

गिनिज वल्ड रेकर्डले यसबारे अध्ययन गरिरहेको जनाएको छ । यस अघि एकैपटक ८ शिशुलाई अमेरिकामा एकजना महिलाले जन्म दिएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *