दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

राष्ट्रिय

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जीप दुर्घटना ४ जना घाइते भएका छन् ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका-६ को उल्लानीमा दुर्घटनामा परेको हाे ।

जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *