देशव्यापी कन्सर्टका लागि उपत्यकाबाहिर जाँदै नेपथ्य

मनोरन्जन

काठमाडौं । निर्वाचन सकिएसँगै लोकरक ब्यान्ड नेपथ्यले देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । यही मंसिर १६ गते विराटनगरमा नेपथ्यले कन्सर्ट गर्दैछ । देशका प्रमुख सहरमा सांगीतिक प्रस्तुति गरेर आगामी पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरेर समापन गरिने नेपथ्यले जनाएको छ ।

देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जन मात्र नभई मानवता प्रवर्द्धनका लागि पनि योगदान पुग्ने नेपथ्यका प्रमुख गायक अमृत गुरुङले बताए । सडकमा रहेका असहायहरुका लागि आश्रयस्थलको खोजीमा सहयोग गर्नु पनि कन्सर्टको उद्देश्य रहेको उनले बताए ।

नेपथ्यले यो कार्यक्रममा सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *