देशैभर वर्षा, काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात

राष्ट्रिय

आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ । काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *