नजिकिदै दशैं तिहार – असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

अर्थ बजार राष्ट्रिय

हिन्दुहरूकाे महान् चाड बडा दशैं तथा तिहार नजिकिदै छ । बजारमा चाडपर्वकाे चहलपहल पनि शुरू भइसकेकाे छ । दशैं भन्ने बित्तिकै नयाँ नाेट अपरिह्राय बनिसकेकाे छ ।  नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयाे ।

उहाँका अनुसार सर्वसाधारणले आगामी असोज चार गतेदेखि  नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।यद्यपि,केही बैंकहरुले ढिला गरि नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ ।

बैंकका अनुसार दशैं तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ सम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक-एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *