नागरिक एपमा नयाँ अपडेट, प्रेस पास लिङ्क गर्ने सुविधासँगै वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन सकिने

सूचना प्रविधि

सबै सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यका साथ तयार पारिएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नागरिक एपको पछिल्लो अपडेट सँगै  प्रेस पास लिङ्क गर्न सकिने सुविधा र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि आवेदन दिन सकिने सुविधा आएको छ ।

सूचना तथा प्रसारण विभागले जारी गर्ने पत्रकार परिचयपत्र (प्रेस पास) लिङ्क गर्न सकिने सुविधा समेत नयाँ अपडेटसँगै थप भएको छ । हाललाई आफ्नो विवरण हेर्न सकिने सुविधा मात्रै रहेकोमा एपको अर्को अपडेटमा एपबाटै नयाँ प्रेस पास वा नवीकरणका लागि आवेदन दिन सकिने सुविधा समेत उपलब्ध हुने बताइएको छ ।

यति मात्र होइन, अहिलेलाई वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिने र मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट प्रक्रिया पुरा भए नभएको जानकारी नागरिक एपमा हेर्न सकिन्छ । प्रक्रिया पूरा भएको खण्डमा उल्लेख गरिएको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ । नागरिक एपको आगामी अपडेटमा अनलाइनबाटै एनओसीको शुल्क तिर्न सकिने सुविधा समेत आउदै छ ।

अर्को अपडेट एकहप्ता सम्ममा उपलब्ध गराउने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *