नेता कार्यकर्तालाई अनुशासन सिकाउदै एमाले अनुशासन आयोग

राष्ट्रिय

नेकपा (एमाले)ले सबै प्रदेशमा पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा  प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना हुन लागेको हो । पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए । पार्टीभित्र अहिले देखा परेका केही केही समस्यालाई हल गर्ने विषयमा र पार्टीभित्र देखापरेका केही अनुशासनसम्बन्धी समस्यालाई सोही वैचारिक शिक्षाद्वारा अनुशासित पंक्ति निर्माण गर्नका प्रयत्न गरिने उनको भनाइ छ ।

त्यो प्रशिक्षणको विषयवस्तुमा मुख्यतः केन्द्रिय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीको बीचमा हातेमालो गरेर अघि बढाउने विषयहरु नै प्रशिक्षणका बिषयबस्तु हुनेछन ।

प्रशिक्षण कार्यक्रममा केन्द्रिय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि बिषयबस्तु हुने पनि आयोगले जनाएको छ । त्यसैगरी बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *