नेपाल स्वतन्त्र नागरिक सञ्जालद्वारा प्रदर्शन, प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग

राष्ट्रिय

प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतिघरमा प्रदर्शन गरेको छ ।  चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज सहित ४ बुँदे माग राख्दै ठुलो संख्यामा शुक्रबार राजाधनीको माइतिघरमा  प्रदर्शन गरेको हो । सञ्जालले प्रदेश तथा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न, राजनितिक नियुक्ति बन्द गर्न र सांसद विकाश कोष सांसदहरुले गर्न नपाउने ब्यवस्था संविधानममा राख्न माग गरेको हो ।

प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गर्दै सञ्जालका संयोजक दिनेश सुवेदीले तत्काल खारेज नगरे देश ठूलो संकटमा जाने बताए । प्रदेश निकै खर्चालु भइसकेको र देशले थेग्नै नसक्ने भएकाले अब प्रदेश खारेज गर्नुपर्ने उनको भनाई थियो । नेपालमा जुन शासन आएपनि जनताले सोचेको जस्तो परिवर्तनको अनुभुति गर्न नपाएको बताउदै सुवेदीले भ्रष्टाचार बढ्दै जाँदा अर्थतन्त्रका सबै सुचाङ्कहरु नकारात्मक भएर गएको र देश ऋणले चल्नुपर्नै अवस्थामा आइपुगेको दावी गरे ।  प्रदेश र समानुपातिक प्रणाली खारेजीलागि देशव्यापी रुपमा अभियान नै चलाउने समेत सुवेदीले बताए ।

‘जब निती र प्रणाली नै दोषयुक्त छ भने राज्य कसरी सवल र सक्षम हुन सक्दछ वा सुशासन कायम हुन सक्दछ । त्यसैले अपनाइएका गलत निति र प्रणाली सुधारका लागि हामीले निम्न उल्लेखित मागहरु राखेका छौँ,  ‘सुवेदीले भनेका छन्,’ हाम्रा मागहरु उपर सम्बोधन गर्न संविधान संसोधन आगामि चुनाव अगाडिनै गनर्, नेपाल सरकार, संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु एवं संघिय संसद र राष्टिय सभाका माननिय सदस्यहरुमा विनम्र अनुरोध गर्दछौँ ।’

ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेका सञ्जालका सदस्य डा. दीपेश केसीले दलिय सिन्डिकेट बनाएर जनताले नचाहेको प्रणालीहरु लाद्ने गतिविधि विरुद्ध विद्रोह अनिवार्य भएको बताए । उनले जनतालाई लडाउने गरी धर्म, जाति, भाषा, संस्कृति माथि एकपछि अर्को आक्रमण गरी देशलाई द्वन्द्वमा लान खोजिएकोमा सचेत हुनुपर्ने बताए ।

सञ्जालका सदस्य सुमन पौडेल केसीले जनताको अपमान गर्दै दलहरुले जर्बजस्ती समानुपातिक निर्वाचन प्रणाली र प्रदेशको व्यवस्था लागू गरेर देशलाई बर्बादीमा लगेको बताए । सञ्जालका सदस्य बुद्ध लामाले देशभरका जनता एक भएर संघियता र समानुपातिक प्रणाली खारेज गर्नुपर्नै आजको आवश्यकता रहेको बताए ।

माइतिघर मण्डलामा राष्ट्रिय झण्डासहित सञ्जालका सदस्य र समर्थकहरु ठूलो संख्यामा सहभागी भएका थिए ।

यस्ता छन् स्वतन्त्र सञ्जालका मागहरु :
१. नेपालमा संधिय शासन प्रणाली अर्थात प्रदेशहरु खारेज गरि संविधानमा नै दुई तहको सरकार मात्र हुने व्यवस्था गरियोस् ।
२. देशलाई अस्थिर बनाइ राख्ने कसैको बहुमत नआउने समानुपातिक तथा प्रत्यक्ष सहितको मिश्रीत निर्वाचन प्रणाली खारेज गर्दै बहुमतीय पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली कायम गरियोस् । (महिला, दलित, जनजाति र पिछडिएका वर्ग र समुदायहरु प्रत्यक्ष निर्वाचन प्रणाली मार्फतनै प्रतिनिधित्व सुनिश्चित गर्ने प्रणालि सहित)
३. संबैधानिक निकाय, कुटनितिक नियोग र सार्वजनिक निकायहरुमा हुने गरिएको राजनितिक नियुक्ति बन्द गरि निश्पक्ष सक्षम व्यक्ति जाने प्रणाली संविधानमै व्यवस्था गरियोस् ।
४. सांसद विकाश कोष मार्फत सांसदहरुले करोडौँ प्रत्यक्ष खर्च गर्न नपाउँने व्यवस्था संविधानमै राखियोस् । (जसले गर्दा सांसदहरु निती निर्माण र कानुन बनाउँन जोड दिन सक्छन् भन्ने अपेक्षा गर्न सकिन्छ ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *