पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश- जिल्ला अदालतकै आदेश सदर

राष्ट्रिय

उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबारन्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

गत चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गरेको थियो । चैत १० मा जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी किशोरीले अदालतमा बयान फेरेकी थिइन् । तनहुँ जिल्ला अदालतमा किशोरीका तर्फबाट बकपत्रका क्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् ।

अदालतसमक्ष उनले बकपत्र दिँदा पलले आफूमाथि बलात्कार नगरेको र अरूको उक्साहटमा जाहेरी दिएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *