पल शाह प्रकरणमा पीडितका बाबुले पनि फेरे बयान

राष्ट्रिय

अभिनेता पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने बालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।

उनले भने- ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन, अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’  बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बरु कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *