आगलागी र तोडफोडविरूद्व सर्वोच्च अदालतले दियो प्रहरीमा जाहेरी

राष्ट्रिय

जेनजी आन्दोलनका क्रममा अदालतमा भएको तोडफोड र आगजनीको अनुसन्धानका लागि सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिएको छ ।

अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । जाहेरीमा आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले पनि प्रहरीमा जाहेरी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *