बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजको परीक्षा शाखामा लगाए ताला

शिक्षा/स्वास्थ्य

चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ ।

संयुक्त विद्यार्थीका तर्फबाट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले उनले भने, ‘एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको छ। अनि छात्राबासलाई निवार्य बनाई नियमविपरीत चर्को मूल्‍य लिन खोज्‍नु विद्यार्थी र अभिभावकलाई लुट्‍ने प्रयास हो।’

सो क्याम्पसमा अध्ययनरत एमबिबिएस, विडीएस र बिएनएस–२०२१ ब्याचका विद्यार्थीहरु अतिरिक्त शुल्कको बिरुद्ध केही दिनदेखि आन्दोलनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *