बुढानीलकण्ठ नगरपालिका वडा नं ११ बाट लागुऔषध सहित २ जना पक्राउ

राष्ट्रिय

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपन गुरुङ्ग टोल नजिकैबाट प्रतिबन्धित लागुऔषध सहित २ जना व्यक्ति पक्राउ परेका छन् ।

माघ २ गते अन्दाजी करिव ५ बजे प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकाष्पद अवस्थामा मा रामेछाप स्थायी घर भई हाल बुढानीलकण्ठ न.पा. वडा नं.११ कपन गुरुङ्ग टोलमा बस्ने २८ वर्षिय मंजिल राई र अर्का एक अभियुक्त सोहि गुरुङ्ग टोलमा बस्ने २७ वर्षिया प्रज्जवल गुरुङलाई पक्राउ गरेको हो ।

निजहरुको शरीर र झोला साथै निजहरुको घर कोठा चेकजाँच तथा खानतलासी गर्दा DIAZEPAM 2ml एम्पुल थान १०२,PHENERGAN 2ml एम्पुल थान १०१, BUPRENORPHINE 2ml एम्पुल थान ९३, एम्पुल थान २९६, खाली सिरिन्ज ६० थान बरामद गरिएको हो ।

उक्त घटना सम्बन्धमा प्रकरणमा बरामद भएका सामानहरुसहित पक्राउमा परेको व्यक्तिहरु उपर लागु औषध नियन्त्रण तथा ओसार पसार अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त बौद्ध पठाईएको प्रहरी प्रभाग कपनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *