ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट-गुन्द्रुकभन्दा सस्तो

कृषि-पर्यटन

ब्रोइलर कुखुराको मासुको मूल्य दिन प्रतिदिन घटिरहेको छ । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबार सम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री गर्दा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । अब तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको छ ।

ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० रुपैयाँमा बिक्री हुँदा गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै उपत्यकाका कुखुरापालक किसान चिन्तित भएका छन् ।

पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको भन्दै तरकेश्वोर का एक किसानले दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *