मतदाता परिचयपत्रको प्रतिलिपि लिन फागुन २० सम्म निवेदन दिन सकिने

राष्ट्रिय

मतदाता परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि निर्वाचन आयोगले फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने बताएको हो । साथै, आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा फागुन ५ गतेभित्र इमेल वा भौतिक उपस्थितिमा सम्बन्धित फारम भरेर सच्याउन सकिने निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *