मनमैजु सांस्कृतिक समाजको तारकेश्वोर नगर स्तरीय तेस्रो लोक नृत्य प्रतियोगिता सम्पन्न

मनोरन्जन स्थानीय

मनमैजु सांस्कृतिक समाजको तेस्रो प्रस्तुती तारकेश्वर नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३० विद्यालय प्रतियोगितामा सहभागी थिए । नृत्य प्रतियोगिताबाट नर्थ भ्याली स्कुलले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ । त्यस्तै एञ्जल्स हार्ट फाउण्डेशनले दास्रो पुरस्कार पाउन सफल भएको छ । सनफ्लावर एकेडेमीले तेस्रो पुरस्कार पाउन सफल भएको छ ।

त्यस्तै शान्तवना पुरस्कार पाउने विद्यालयहरुमा कौशल इङलीस बोर्डिङ स्कुल, ग्रामसेवा माध्यमिक विद्यालय र पद्यचक्र स्कुल पर्न सफल भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हरिहर शर्माबाट उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रथम बिजेतालाई ३५,००० नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । दोस्रो हुनेलाई २५,००० नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै तेस्रो पुरस्कार पाउने विद्यालयलाई १५,००० नगदसहित मेड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै शान्तवना पुरस्कार पाउने विद्यालयहरुलाई १० हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।

कार्यक्रमका सभापति मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुर्वराज खड्का रहेका थिए भने कार्यक्रम सञ्चालन गायिका शोभा त्रिपाठीले गरेकी थिइन ।

कार्यक्रमका संयोजक भने रोयल मुभिज प्रा.लि.का निर्देशक निरेन श्रेष्ठ रहेका थिए । व्यवस्थापक उत्तम अर्याल कोदे र कार्यक्रमका सहयोगी संस्था र सहयोगी टिमलाई प्रशंसा पत्र दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *