महजोडीको ‘महापुरुष’लाई दशैंमा ल्याउने तयारी

मनोरन्जन

कात्तिक ४ गते चार  नेपाली फिल्म प्रदर्शन हुँदैछन् भने सोही मितिमा विदेशी फिल्म पनि लाग्नेछन् ।  ‘प्रेमगीत ३’ र ‘परदेशी २’ ले यस अघि नै प्रदर्शन मिति घोषणा गरिसकेका छन् । दशैंको माहोलमा महजोडीको नयाँ फिल्म ‘महापुरुष’ पनि रिलिज गर्ने तयारी गरिएको छ ।

निकट स्रोतका अनुसार ‘परदेशी २’ आउने तय भएको असोज १४ गतेको मितिमा अब मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म महापुरुष आउने निश्चित जस्तै छ । छायांकन सकिन दुई साता बाँकी रहेको यो फिल्मले अहिले छायांकनसँगै अनलाइन सम्पादन पनि गरिरहेको छ ।

कात्तिक ४ मा आउने भनिएको ‘महापुरुष’ अन्य दुई फिल्म के घर के डेरा र २ नम्बरी आउने भएपछि पोस्टपोन्ड हुन लागेको हो । यसैकारण निर्माता अहिले छायांकनसँगै सम्पादन कार्यलाई अन्तिम रुप दिने चटारोमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *