युवा संघ बालेन विरुद्ध जाहेरी लिएर साइबर ब्युरोमा जाँदै

राष्ट्रिय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लेखेको एउटा स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन लागेको छ ।

उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको हो ।

बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए । उनले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो । थुप्रैले बालेनको स्टाटसको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *