राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची, पहिलो नम्बरमा रश्मिराज

राष्ट्रिय

राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ । नेता हिमलाल पुरीका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ ।

पहिलो नम्बरमा उपाध्यक्ष रश्मिराज नेपालीको नाम छ भने दोस्रो नम्बरमा अर्का उपाध्यक्ष जनकराज शर्मा छन् ।

प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *