रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

राष्ट्रिय समाचार

काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।

सोमबार बसेको पार्टीको संसदीय दलकाे निर्णय अनुसार प्रतिनिधिसभा बैठकमा अनिर्वाय उपस्थिति हुन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुलाई ह्विप जारी गरिएको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *