वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीबिन्दुको शल्यक्रिया तिलगंगामा

राष्ट्रिय शिक्षा/स्वास्थ्य

काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।

अस्पतालका चिकित्सकहरु सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ ।

शल्यक्रिया सफल भएपछि अभिनेता श्रेष्ठ लेख्छन्, ‘मोतीबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *