श्रममन्त्री माथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छुः गृहमन्त्री लामिछाने

राष्ट्रिय

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे।

श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको बिरोध भएको थियो। उनले संलग्न भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने बताए।

उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए। उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए।

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन। तर सभामुखबाट रुलिङ हुनुपर्छ। मैले भनिसकेको छु। राज्यका निकायहरुलाई निरिह बनाइएको छ, नतिजा आउन समय लाग्छ। हेर्दै जानुहोला, नतिजा आउनेछ। गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन। केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *