सञ्चारकर्मी दिनेश सुवेदीको संयोजकत्वमा ´नेपाल स्वतन्त्र नागरिक सन्जाल`को राष्ट्रिय समिति गठन गरिएको छ ।
स्थानिय निर्वाचनमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार र अन्य स्वतन्त्र व्यक्तिहरुको उपस्थितिमा सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय समिति गठन गरिएको हो ।

मुलुकको नयाँ परिवर्तको लागि नेपालमा रहेको शासन व्यवस्थाको प्रणालीगत समस्या, भ्रष्टाचार, अनियमितता लगायत अन्य किसिमका विकृति विसंगति उपर आवाज बुलन्द गरी जनताको बदलिदो चाहना अनुसारको शासन व्यवस्था प्रणली सुधार,विधी र कानुनको शासनको लागि निरन्तर सक्रिय रहि खबरदारी गर्ने लक्ष्य संजालले राखेको छ।
राजनैतिक आवरण र संरक्षणमा भईरहेको अराजकता, अन्याय, संगठीत गुण्डागर्दीको अन्त्य गर्न, सामाजिक न्याय सहित कानुन र विधिको शासन कायम गर्न, समानुपातिक, न्यायोचित, समृद्धी र विकासको लागि नेपाल स्वतन्त्र नागरिक सन्जाल गठन गरिएको सन्जालका संयोजक दिनेश सुबेदीले बताउनुभयो । २०५६ साल देखि लामो समय सम्म नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको वृहत जनसहभागिता सहितको लोकप्रिय टेलिभिजन कार्यक्रम सार्वजनिक सुनुवाईका सन्चालक एवं हालै सम्पन्न स्थानिय निर्वाचनमा महालक्ष्मी नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदरवार समेत रहनु भएका सुवेदीले देशभर स्वतन्त्र सञ्जाल विस्तार गरी व्यापक बनाउदै लगिने पनि बताउनुभयो ।
डा. नारायण हरि गजुरेल प्रमुख सल्लाहकार रहनु भएको संजालका सल्लाहकार गोपाल खड्का र बिर सिंह ठकुरी रहेका छन् भने सदस्यहरुमा सुमन के सी, नीरन्जन देव थापा, राम बहादुर के. सी. सुबेदी, विनय जंग बस्नेत, दीपेन्द्र खड्का, सुर्जे कुमार के सी, उर्मिला थापा भिमसेन के. सी. कुमारी खड्का बोगटी, सुजित जंग सिंह, सानुमैया कुवर, बिदुर कडेंल, सविता भट्टराई, सागर राउत, कपिल पौडेल, सुरेन्द्र पोखेल, ईशु थापा समिता तिवारी, विश्व लामा, अनु नेपाल, भुवन के सी, अन्जु थापा, राजु बानिया, रुपेन्द्र पौडेल, रोविस काफ्ले, भुवन प्रसाद काफ्ले, सुरेश खड्का, श्रवण कडेंल, पवन बोगटी, संजित बोगटी, सुशिल बोहोरा, सुशिला पौडेल के. सी. प्रतिभा बुढाथोकी, कमला थापा, केदार बोगटी, राम गोपाल बानियाँ, प्रम्हाद थापा, शान्त राम के सी., ऋषि कपुर मर्हजन, जय थापा, नरेश के.सी., गंगा तण्डुकार, विद्याचन्द्र खड्का, प्रविन पौडेल, सुरज पराजुली, लेखनाथ दाहाल, अमृता मर्हजन, रमेश नकर्मी, अनिल बोगटी रहेका छन् ।

नेपाल स्वतन्त्र नागरिक सन्जालले अगामी दिनमा देशैभर व्यापक जनसहभागिताका साथ सञ्जाल विस्तार गर्दै १५१ सदस्यीय राष्ट्रिय समिति बनाउने योजना बनाएको छ ।