सन्चारकर्मी दिनेश सुबेदीद्वारा महालक्ष्मी नगरपालिका मेयरमा स्वतन्त्र उम्मेद्बारी घोषणा

स्थानीय

महालक्ष्मी नगरपालिकामा हाम्रो स्वतन्त्र नागरिक समुह गठन गरी आउँदो स्थानीय चुनावको लागी स्वतन्त्र उमेदवार घोषणा सगै चुनावी अभियान सुरु गरेको छ । स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको भन्दै हाम्रो स्वतन्त्र नागरिक समुह गठन गरी महालक्ष्मी नगरपालिकामा स्वतन्त्र उम्मेद्वार अभियान सुरु गरिएको हो ।

मेयर, उपमेयर, वडा अध्यक्षहरु र वडा सदस्यहरु सबै पदमा समाजमा उल्लेखनीय ख्याती कमाएका सबैको साझा,स्वतन्त्र व्यक्तिलाई उमेदवार बनाई निर्वाचनमा विजयी गराउने उद्देश्य लिएर स्वतन्त्र उम्मेद्बारी घोषणा गरिएको हो । चर्चित टेलिभिजन कार्यक्रम सार्वजनिक सुनुवाईका प्रस्तोता एवं समाजसेवी दिनेश सुवेदीलाई मेयरमा र वडा नं.३ का जुझारु, युवा समाजसेवी बाक्लागाँउ गुठीका अध्यक्ष नीरञ्जन देव थापालाई वडा अध्यक्षमा उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेको छ । बाकी वडा अध्यक्ष लगायतका अन्य पदमा पनि स्वतन्त्र नागरिक समुहबाट प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरुको उम्मेद्बारी घोषणा हुने क्रम जारी रहेको छ ।

मेयरमा उम्मेद्बारी घोषणा गरेका सन्चारकर्मी दिनेश सुबेदीले नगरको विकास स्वतन्त्र नगरवासीले मात्र गर्ने बताए।´पार्टिका उमेदवारले पार्टिको हितमा मात्र काम गर्दछ त्यसैले नगरको विकासको लागि स्वतन्त्र समुहलाई जिताउनु पर्दछ ।`उनले भने, ‘हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेद्वारी घोषणा गरौं ।’

समानुपातिक, न्यायोचित, समृद्धी र विकासको लागि राजनैतिक आवरण र संरक्षणमा भईरहेको अराजकता, अन्याय, संगठीत गुण्डागर्दीको अन्त्य गर्न सामाजिक न्याय सहित कानुन र विधिको शासन कायम गर्न हाम्रो स्वतन्त्र नागरिक समूहमा आवद्ध हुनुहुन डा. नारायण हरि गजुरेलले आम महालक्ष्मी नगरवासीहरुमा अनुरोध गर्नु भयो ।

स्वास्थ्य, शिक्षा, सामाजिक आर्थिक गुणस्तरीय विकास गर्ने, आवाज विहिनहरुको आवाज सम्वोधन गर्ने, स्थानीय निकायमा जागिर खाने होइन नितान्त सेवा गर्ने स्वतन्त्र उम्मेद्वार जनप्रतिनिधि भएर आउनेमा महालक्ष्मी नगरवासी आशावादी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *