सरकारले कोरोना परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

राष्ट्रिय शिक्षा/स्वास्थ्य

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले लक्षण देखिएका व्यक्तिहरुको चिकित्सकको परामर्शको आधारमा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए ।सीमा नाकाहरुमा नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पनि निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको बताए । लक्षण नदेखिएकाहरुले परीक्षण गराउन चाहेमा भने सरकारी प्रयोगशालामा यसअघि लिइँदै आएको १ हजार रुपैयाँलाई समायोजन गरेर हाल ८०० रुपैयाँ लिने निर्णय भएको बताए । यस्तै निजी प्रयोगशालामा बढीमा २ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्थालाई अहिले बढीमा १५०० रुपैयाँ तिर्नुपर्ने निर्णय भएको बताए ।

सरकारले कोरोना संक्रमणको आशंका वा लक्षण देखिएको छ भने ५ दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न र त्यसपछि परीक्षण गराउन आग्रह गरेको छ । संक्रमण आशंका भएकाले परीक्षण गराएको छैन भने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *