सिभिल अस्पतालले गठन गर्‍यो पत्रकार विश्वकर्माको मृत्युबारे छानविन समिति

राष्ट्रिय

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकोछ।

छानविन समितिमा उप-सचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *