सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित गरेको छैन : प्रचण्ड

अन्तर्राष्ट्रीय राष्ट्रिय समाचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।

‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोहीमा कन्फ्युजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्नु सबैभन्दा ठुलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’ आफूले सोहीअनुसार भूमिका खेलेको पनि प्रचण्डले बताए ।

 

उनले सिमानाको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले प्रस्टसँग राखेको र सिमानाको समस्या हल गर्नुपर्छ भनिएको प्रधानमन्त्री स्तरबाट पहिलोपटक भएको दाबी गर्दै प्रचण्डले भने, ‘सीमा समस्या हल गर्नुपर्छ । प्रधानमन्त्री स्तरबाट बोलिएको पनि यो पहिलो पटक हो । हामीले यो समस्या स्थायी रूपमा  समाधान होस् भन्ने चाहेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *