उनले पछिल्लो समय कान्ती बाल अस्पतालमा आइसीयु बेड नपाउने गरेको गुनासोहरु धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसीयु बेडको संख्या बढाउन पनि निर्देशन दिए।
उनले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रुपमा सरकारबाट हुने पनि प्रतिवद्धता जनाए। कान्ती बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरु बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रुपमा अन्त्य हुनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘देशको एउटा मात्रै सरकारी बाल अस्पताल धेरै बिरामीहरु आउनुहुन्छ तर यहाँ भित्र बेड नपाएका कारणले बाहिर जानुपर्ने बाध्यत्मक अवस्था छ, यसलाई अन्त्य गर्न सक्नुपर्छ। जनगुनासो पनि त्यही किसिमले आएको छ। भर्ना गर्नसक्ने अवस्था छैन हामी बाहिर जानुपर्ने र महंगो तिर्नुपर्ने अवस्था छ भन्ने आएको छ। यो कुरालाई अन्त्य गर्नुपर्छ।’