हिम रश्मिका विद्यार्थीहरूले बनाए जलविद्युत गृहः यसरी बल्यो बत्ती

राष्ट्रिय सूचना प्रविधि

तारकेश्वर-९ मा रहेकाे हिम रश्मि हाई स्कुलका विद्यार्थीहरुले विद्यालयमा परियोजनाका रुपमा जलविद्युत गृहको नमूना बनाएर विजुली बत्ती बालेका छन् । विज्ञान विषयमा पढेका विद्युतसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाउनका लागि विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउने गरिएको कुरा परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षक भुपेन्द्र खड्काले बताउनुभयो ।

जलविद्युत गृहको व्यवहारिक प्रदर्शन गर्नु अघि विद्यार्थीहरूले मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँध, पावर हाउस र कन्ट्रोलरुमको प्रत्यक्ष अवलोकन गरी ज्ञान आर्जन गरेका थिए । यसका साथै भौतिक तथा भर्चुअल रुपमा जलविद्युत विज्ञ सँग भेटघाट गरी यस विषयमा थप ज्ञान बटुलेका थिए ।

विषय विज्ञका रुपमा ई. ओम थापा (सि.इ.ओ., राधी विद्युत कम्पनी) र ई. विमल खड्का (डेपुटी म्यानेजर तथा सिनियर ईन्जिनियर, चिलिमे ईन्जिनियरिङ) उपस्थित भई विद्युत सँग सम्बन्धित विविध पक्षहरूको जानकारी दिनु भएको थियो ।

सिकेका कुराहरूलाई विद्यार्थीहरूले पेपर तथा पावर प्रिजेन्टेसन पनि गरेका थिए भने भर्चुअल रुपमा भारतको आर.एम.के.माध्यामिक विद्यालयका विद्यार्थीहरू सँग आफ्ना कार्य र अनुभवहरूको आदानप्रदान पनि गरेका थिए ।
जलविद्युत गृह निर्माणका लागि आबश्यक डाइनामो, टर्वाइन, पाइप, तारहरू, एल इ डि बल्ब आदि विद्यालयले उपलब्ध गराएको थियो । त्यसरी उपलब्ध सामाग्रीहरू लाई प्लाइउड र फेब्रिक बाट बनाइएको नमूनापावर हाउसमा जडान गर्ने कामविद्यार्थीहरूले गरेका थिए ।

विद्यार्थीहरूले फेब्रिकबाट बनाइएको ड्याममा पानी जम्मा गरेर पाइप मार्फत टर्बाइनमा पानी खसाली डाइनामो मार्फत विद्युत उत्पादन गर्न सफलभएका हुन् । त्यो विद्युतबाट उनीहरूले शिक्षकर साथीहरू माझ बत्ती बालेर देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *