१०औं राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता-२०८२ सफलतापूर्वक सम्पन्न

खेलकुद

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति इमाडोलद्वारा आयोजना गरिएको १०औं राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता-२०८२ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्ला तथा  समिताबाट २२ वटा फुटसल टिमहरूको सहभागिता रहेको थियो ।हरिसिद्धि प्रा.स. (ललितपुर) र गोरखा जिल्ला समिति बीच भएको फाइनल खेलमा हरिसिद्धि प्रा.स. ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। सोही क्रममा गोरखा जिल्ला समिति दोस्रो र काभ्रेभन्ज्याङ प्रा.स. (काभ्रे) तेस्रो स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री हरि गोबिन्द श्रेष्ठज्यूले गर्नुभएको थियो जसमा सेवा समिति, युवा परिषद् र वाइजुराज महिला समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा नगर प्रमुख श्रेष्ठज्यूले यस्ता प्रतियोगिताले युवाबीच आपसी एकता, मित्रता र खेलकुदको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बताउनुभयो ।

प्रतियोगिताको समापन महालक्ष्मी नगरपालिकाकी उप–प्रमुख श्री लक्ष्मी महर्जनज्यू र वडा नं. ०१ का अध्यक्ष श्री छिरिङ लामाज्यूले संयुक्त रूपमा गर्नुभएको थियो । सो अवसरमा वडा सदस्य श्री दाताराम कार्की, सेवा समिति, युवा परिषद् र वाइजुराज महिला समितिका पदाधिकारीहरू साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । समापन कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति इमाडोलका अध्यक्ष श्री विशाल खतिवडाले यस्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिताले प्रणामी युवाबीच भाईचाराको सम्बन्ध अझ प्रगाढ बनाउने भएकाले आगामी दिनहरूमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

खेलाडीहरूले देखाएको अनुशासन, सहयोग र खेलभावनाले कार्यक्रममा सहभागी सबैलाई प्रेरित गरेको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *