काठमाडौंको टोखा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मूल्याङ्कन झिनो अन्तरले दोस्रो नम्बरमा

समाचार स्थानीय

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषण गरेको छ । मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गर्न लागेको हो ।

यसै सन्र्दभमा काठमाडौ जिल्ला अन्र्तगत टोखा नगरपालिका दोस्रो स्थान हासील गरेको छ । ८५.२५ अकं ल्याएको टोखा १ अंकले मात्र नार्गाजुन नगरपालिका संग दोस्रो स्थानमा भएको हो । नार्गाजुन नगरपालिकाले ८६. ५० अंक ल्याएको थियो । काठमाडौ महानगरपालिकाले ८१.७५ नंम्बर ल्याएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्मानित हुने नगरपालिकाहरूमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका रहेका छन् ।

यसैगरी, गाउँपालिकातर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका उत्कृष्ट घोषित भएका छन् ।

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *