केन्याको तटीय क्षेत्र क्वाले काउन्टीमा मंगलबार बिहान एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान त्यहाँको चर्चित पर्यटकीय गन्तव्य मासाई मारा राष्ट्रिय आरक्षतर्फ जाँदै थियो । विमानमा बाह्र जना सवार थिए । दुर्घटनामा कोही पनि बाँच्ने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटना क्वालेको पहाडी क्षेत्रको डायनी एयरस्ट्रिपबाट लगभग ४० किलोमिटर टाढा भएको बताइएको छ । क्वाले काउन्टीका कमिश्नर स्टीफन ओरिन्डेका अनुसार दुर्घटनास्थलमा उद्धार कार्य भइरहेको छ।
दुर्घटनाको कारणमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
