खेलकुद मन्त्रालयले गर्‍यो १२ वटा तत्काल सुधार कार्ययोजना सार्वजनिक

खेलकुद

 

युवा तथा खेलकुद मन्त्रालयले तत्काल सुधार कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले खेल तथा युवा क्षेत्रका सुधारका लागि कार्ययोजना ल्याएको हो।

जसमा युवा तथा खेलकुद विषयसँग सम्बन्धित नागरिकका गुनासो सुनुवाई र समाधान प्रयासका लागि मन्त्रालयमा गुनासो सुनुवाई कक्षको स्थापना गर्ने, मन्त्रालयबाट गरिने निर्णय प्रकृयामा नेपाल सरकारद्वारा सञ्चालित जिआइएमएस मार्फत तत्काल निर्णय प्रक्रिया अवलम्बन गर्ने सहितका छन्।

यस्तै मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायका बैठकका गतिविधिलाई सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु भएको छ।

प्रशासन शाखा र मातहतका निकाय मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारुप तयार गर्ने र खेलकुद पुर्वाधारको वर्गीकरण र कार्यान्वयन जिम्मेवारीलाई तहगत सरकारमा बाउँफाड सम्बन्धी कार्यविधि/मापदण्ड निर्माण गर्ने पनि कार्ययोजनामा समावेश छ।

गैर सरकारी निकाय र निजीको संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई खेलकुद पूर्वाधार, प्रशिक्षण र कार्यक्रम सञ्चालनमा उपयोगका लागि कार्यविधि/मापदण्ड दुई महिनाभित्र तय गर्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीहरूको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गरी खेलाडी परिचयपत्रका आधारमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि तयारीका सुरु गर्ने र राष्ट्रिय खेलकुद परिषद र नेपाल स्काउट जस्ता स्वायत्त संस्थाहरूको आन्तरिक स्रोत पहिचान पनि कार्ययोजनामा उल्लेख छ।

574855735_1147219964214222_4145430509016788616_n-1762245244.jpg

573642336_1147219980880887_355015922159986079_n-1762245244.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *