जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले प्रहरीमा जाहेरी दियो

राष्ट्रिय

विशेष अदालत काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ।

अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो।

अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए।

‘हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,’ स्रोतले भन्यो, ‘अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाही गर्छ।’

भदौ २३ गते ३ बजेतिर अदालतको भवनमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए।

आगजनी भएको भवन र सामग्रीको मूल्यांकन गरेर क्षति रकम अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

जिल्ला प्रहरी परिसरले पनि जाहेरी आएको र अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए।