मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ? घनश्याम भूसालको प्रश्न

राष्ट्रिय

नेकपा एसका महासचिव घनश्याम भूसालले जेनजी आन्दोलपछिको परिस्थितिमा मुलुक राजनीतिक ब्ल्याक होलतर्फ जान लागेको अवस्था आइरहेको बताएका छन् ।

पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो राजनीतिक अवस्थाले गम्भीर समीक्षा बैठकमा हुनुपर्ने बताए ।

अहिले नेकपा एसको एकताको प्रक्रियाको कुरा पनि चलिरहेकाले यसमा पनि बैठकले समीक्षा गर्ने बताए ।

‘हामीले यो बैठक असाधारण परिस्थतिमा गर्न लागिरहेका छौं । एकैचोटी सबैतिर प्रश्न उठेको छ । संविधान समेत केही ठाउँमा मिचिइरहेको छ । राजनीतिक ब्ल्याक होलतर्फ त गइरहेको छैन ? यो अवस्थामा हामी बैठक बस्दैछौं,’ महासचिव भूसालले भने ।

उनले पार्टी जीवनका लागि पनि यो बैठक महत्त्वपूर्ण रहेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *