जेनजी आन्दोलनमा हिरासतबाट फरार व्यक्ति ठमेलबाट पक्राउ

राष्ट्रिय

 जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा रहेका छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए ।

उनलाई बुधबार दिउँसो ठमेलबाट प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे वृत्तमै राखेर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *