राष्ट्रपति पौडेल कतार प्रस्थान, प्रधानमन्त्रीले गरिन् बिदाइ

राष्ट्रिय

राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा प्रस्थान  गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् ।

राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।

उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *