काठमाडौंको कपनबाट १४ वर्षीय बालक बेपत्ता

राष्ट्रिय स्थानीय

कपनको  मुस्कानचोक क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।

युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् ।

 

उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजतलासका लागि निवेदन पनि दिएका छन् । मातहतका प्रहरी कार्यालयहरूमा खोजी गर्नका लागि सर्कुलर पनि गरिएको कपन प्रहरी प्रभागले जनाएको छ ।

परिवारका अनुसार, बालक कक्षा ८ मा अध्ययनरत थिए ।

 

उनलाई अन्तिम समयमा महांकाल ओरालोमा देखिएको प्रहरीले जनाएको छ ।

उक्त बालकलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी वा ९८४९११५५२२/९८५१२४५५२२/९८४९०६९५५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *