एकैदिन ४ हजार बढीमा कोरोना संक्रमण उपत्यकामा मात्र एकै दिन करिब २ हजार जनामा संक्रमण

राष्ट्रिय

नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा मात्र करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् ।  काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना गरी १९६६ संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमित संख्या २६ हजार २ सय २५ रहेको छ।
कोरोनाबाट निको हुनेको दर ९०.५ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ। यो सँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ।