भरतपुरको मेयरमा रेनु दाहाल भारी मत अन्तरले विजयी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले […]

पुरा पढ्नुहोस

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग अनुमति

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपाललगायत अन्य केही देशमा जान अदालत १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । उनले हालै दिल्ली अदालतमा नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेको नवभारत टाइम्सले जनाएको छ । दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा फसेकी उनको गत साता मात्रै प्रवर्तन […]

पुरा पढ्नुहोस

निजी र सरकारी विद्यालय पनि जेठ १ गतेदेखि सातामा दुई दिन बिदा हुने

शिक्षा मन्त्रालयले  निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब शनिवार बाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको […]

पुरा पढ्नुहोस

मतदानका दिन सार्वजनिक सवारी नचल्ने, उक्त दिन सवारीसाधन गुडाउनेले अनुमति कसरी लिने ?

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा […]

पुरा पढ्नुहोस

घट्यो जापानको जनसङ्ख्या, सरकार चिन्तामा

जापानको  जनसङ्ख्या २०२१ मा मात्र ६ लाख ४४ हजारले घटेको नयाँ तथ्यांकले देखाएको छ ।  राजधानी टोकियोमा समेत २६ वर्षमा पहिलोपटक जनसङ्ख्यामा गिरावट आएको छ । यसले विश्वकै ठूलो अर्थतन्त्रको भविष्य गम्भीर खतरामा पारिदिएको छ । जापानमा विशेषगरी युवा वर्गको जनसङ्ख्या सबैभन्दा नराम्ररी प्रभावित हुँदै आएको पाइन्छ । सरकारले प्रजनन दर बढाउन लगातार प्रयास गरिरहँदा […]

पुरा पढ्नुहोस

मतदान केन्द्र भएका विद्यालयमा तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन

स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । शिक्षा मन्त्रालयको पत्रानुसार केन्द्रले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते सम्म मतदान केन्द्र भएको विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो । […]

पुरा पढ्नुहोस

एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएकाे तर नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए । ‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले […]

पुरा पढ्नुहोस

मतपत्रको छपाइ सकियो, शुक्रबार ढुवानी भइसक्ने

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकिएको छ । निर्वाचनका लागि जनक शिक्षा सामग्रीबाट मतपत्र छपाइ गरिएको हो । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशको मतपत्र ढुवानी गर्न बाँकी छ । शुक्रबार (भोलि) नै सबै जिल्लाका मतपत्र ढुवानी भइसक्ने छ । वैशाख ३० गते हुने निर्वाचनका लागि सवारी साधन नपुगेको ठाउँमा हेलिकोप्टरमार्फत ढुवानी गरिएको […]

पुरा पढ्नुहोस

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नभएको पुष्टि

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।   फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर […]

पुरा पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइयाे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो । उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेको […]

पुरा पढ्नुहोस